• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

१० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा (सूची)


काठमाडौं । सरकार ले कोरोना भाइरस संक्रमण को दोस्रो लहर नियन्त्रण का लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय

संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो । त्यही निर्णयमा टेकेर स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार मंगलबारसम्ममा ११ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा छ । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा छ । कास्कीमा पनि निषेधाज्ञा छ, सवारीसाधनमा जोर–विजोर प्रणाली लगाइएको छ ।बर्दिया, बाग्लुङ र कालिकोटमा चाहिँ आंशिक निषेधाज्ञा छ । बर्दियाको गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्रमा निषेधाज्ञा छ ।

त्यस्तै, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर मानपुर टपरा बजार क्षेत्रमा निषेधाज्ञा छ । बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा लाइएको छ ।कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय, बाग्लुङले पनि बाग्लुङ नगरपालिकाको वडा नं. ३ मा निषेधाज्ञा लगाएको छ भने कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नं. ११ मा निषेधाज्ञा छ ।

कालिकोटमा ५ जना व्यक्ति संक्रमण देखिँदा फैलिनसक्ने भन्दै निषेधाज्ञाको आदेश जारी गरिएको छ । मंगलबार साँझसम्ममा चितवनमा पनि सक्रिय संक्रमित संख्या ५ सय पुगिसकेको छ, तर प्रशासनले कुनै आदेश जारी गरिसकेको छैन ।सोमबार बसको मन्त्रिपरिषद् बैठकले एकसाता निषेधाज्ञाले मात्रै महामारीको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ ।

के–के छ निषेध ?
जिल्लाअनुसार फरकफरक आदेश भएपछि अधिकांश सर्तहरु एकैकिसिमका छन् । निषेधाज्ञाको समयमा जिल्लाहरुमा खाद्य सामग्री, औषधि पसलबाहेक सबै व्यवसाय बन्द हुनेछन् । अतिआवश्यक सवारीसाधनहरु मात्रै चल्नेछन् ।सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

कहाँ–कहाँ कहिलेदेखि निषेधाज्ञा ? हेर्नुस् सूची

स्रोत अनलाईन खबर

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार