• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : २०७८ वैशाख १५ गते बुधवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख १५ गते, बुधवार, २८ अप्रिल २०२१। वैशाख कृष्ण पक्ष प्रतिपदा तिथि (७ः३३ बजे देखि द्वितीया)। विशाखा नक्षत्र।
चन्द्रराशि– तुला,१४ः४० बजेदेखि वृश्चिक। इटहरी,सुनसरी,नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त :साँझ ०६:२६ बजे,काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०६:३५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य प्रति सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । परिवार वा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । खानपिन प्रति हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । मनमा सहयोग भाव आउला । कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा एकोहोरो माया प्रेमले सताउन सक्छ । आर्थिक कारोबारमा बिवाद पनि आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन पनि जानेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानपिनको योग पनि रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार