• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

पूर्वरानी कोमल आईसीयूमा : अवस्था चिन्ताजनक


कोरोनाभाइरसको संक्रमण भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएको छ। उनलाई
श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियू मा भर्ना गरिएको छ। पूर्वरानी शाहको उपचार मा संलग्न डाक्टर जेपी जैसवालका

अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ।अस्तिसम्म प्रतिमिनेट २-३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो। तर उहाँलाई समस्या भएपछि हिजो आइसियूमा राख्यौं। अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ,’ डाक्टर जैसवालले भने।कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिए।यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

कोभिड १९ संक्रमणको सिकार भएकी पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ। स्वाप्रश्वासमा समस्या देखिएपछि पूर्वरानी शाहलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालका चिकित्सक जीपी जैशवालले जानकारी दिए।कोभिड १९ संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह सहित कोमल वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएकी थिइन्।

‘पहिले अक्सिजनको डिमाण्ड ३/४ केजी मात्र थियो। अहिले डिमाण्ड बढेर १० केजीसम्म पुगेको छ। त्यसैले आईसीयूमा राखिएको हो,’ चिकित्सक जैसवालले भने।पूर्वराजा शाहको अवस्था भने सामान्य नै रहेको उनले जानकारी दिए।

पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर वैशाख ५ गते स्वदेश फर्किएका थिए।त्यसपछि कोभिड १९ परीक्षण गर्दा शाह दम्पतीमा कोभिड पोजेटिभ देखिएको थियो।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार