• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

राशिफल : २०७८ वैशाख १७ गते शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख १७ गते, शुक्रवार, ३० अप्रिल २०२१। वैशाख कृष्णपक्ष चतुर्थी तिथि। ज्येष्ठा नक्षत्र(१७ः०२ बजेदेखि मूल)।चन्द्रराशि–
वृश्चिक, १७ः०२ बजेदेखि धनु। इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:२७ बजे,काठमाण्डौं,नेपालमा

सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि अधुरा कार्यहरू पुरा हुन सक्छ, तर साँझमा धन खर्च भने रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । अरुको मन जित्न सकिनेछ । शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा बढी सफलता मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार