• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

मुख्यमन्त्रीले गुन तिरे, खेलकुदमन्त्री बने दिपक मनाङ्गे


वैशाख ।प्रदेशसभामा आफूलाई स्वतन्त्र सांसदको हैसियतमा छुट्टै बस्ने ठाउँको माग गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे बुधबार एकाएक गायब बने । जबकी प्रदेशसभा सचिवालयले उनको मागअनुसार नै स्वतन्त्र सांसदका रुपमा बस्ने व्यवस्था मिलाएको थियो ।र,मुख्यमन्त्री

पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी -जसपा)ले ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल सकेर मतदान गर्ने तयारी थियो ।मनाङ्गेले ‘जनमोर्चाले कता भोट हाल्छ, त्यतै मत दिन्छु’ भनेका थिए भने तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो । त्यो हुँदा अविश्वासको प्रस्तावको पक्षमा ३२ मत हुन्थ्यो, जुन ६० सदस्यीय प्रदेशसभाको प्रष्ट बहुमत हुन्थ्यो । तर मनाङ्गै मात्र होइन, जनमोर्चाका सांसद खिमविक्रम शाही पनि एकाएक सम्पर्कबिहीन बने । मनाङे सम्पर्कबिहीन भएको भन्दा पनि जनमोर्चाका सांसद खिमविक्रम सम्पर्कबिहीन भएको खबरले सनसनी मच्चायो । कोरोना परीक्षण नेगेटिभ आएकाले संसदमा मत हाल्न आउँछु भनेका खिमविक्रम चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा उपचाररत रहेको खबर सार्वजनिक भयो ।

कोरोना पोजेटिभको रिपोर्ट पनि देखाइयो । तर राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले अनिश्चित कालका लागि संसद बैठक स्थगित गरिदिएपछि मनाङेबारे सोधीखोजी भएन ।आफ्नो सरकार जोगिएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङ्गेलाई मन्त्री बनाएका छन् । उनले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई युवा तथा मन्त्री बनाएका हुन् ।

मनाङ्गे आफैंले खोले पोल !
मन्त्रीको सपथ लिएपछि मनाङ्गेले बुधबार प्रदेशसभामा अनुपस्थित हुनुको राज खुलाएका छन् । मनाङ्गेेको भोट नपाउने सम्भावना भएपछि मुख्यमन्त्री गुरुङले उनलाई आफ्नो पक्षमा भोट नहाल्ने भए अरुलाई पनि नदिन सुझाए । गुरुङसँग कुरा भएको स्वीकार गर्दै उनले भने, कम्प्रइमाज भयो, आउनै पर्दैन भन्ने भयो ।’स्वतन्त्र सांसदका रुपमा निर्वाचित हुन पृथ्वीसुब्बा गुरुङले आफूलाई गुन लगाएकाले आफूले पनि सहयोग गरेको उनले बताए । त्यसरी सहयोग गरेपछि शुक्रबार विहान मुख्यमन्त्रीले मन्त्री बन्न प्रस्ताव गरेको मनाङ्गे आफैंले बताए ।

एमाले नेताहरुका अनुसार बुधबार सरकार जोगाउन मदत गरेको गुन तिरेको त हो नै, भोलिका दिनमा पनि सुरक्षित रहने प्रयासमा मनाङ्गेलाई मन्त्री बनाइएको हो ।अब प्रदेशसभामा मुख्यमन्त्रीको विपक्षमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपा एक भए मात्र बहुमत पुग्छ । कुनै एक सदस्यले मात्र फ्लोर क्रस गर्ने हो भने अविश्वासको प्रस्ताव फेल हुन्छ । मनाङ्गेलाई मन्त्री नबनाउँदा उनले अविश्वासको प्रस्तावमा मत दिनसक्ने र फ्लो क्रसले पनि सरकार नटिक्ने अवस्था आउनसक्ने आंकलन गरेर यो कदम चालिएको नेताहरु बताउँछन् । एमालेका एक सांसदले भने,

‘मनाङेलाई मन्त्री बनाएएपछि मुख्यमन्त्रीको पक्षमा २८ सांसद भए । अब एक जना विपक्षी सांसदले फ्लोर क्रस गरे भने अविश्वासको प्रस्ताव फेल हुन्छ र सरकार जोगिन्छन् ।’हुन त खिमविक्रमले बिहीबार वक्तव्य जारी गर्दै पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । तर उनले मुख्यमन्त्रीकै पक्षमा मत हाल्ने एमाले सांसदको दाबी छ ।

कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुग्यो !
जिल्ला प्रशासन कार्यालय कास्की प्रांगणमा रहेको प्रदेश नीति तथा योजना आयोगको हलमा सांसद मनाङले सपथ खाने कार्यक्रम थियो । सपथको तयारी भइरहँदा एमाले सांसद तथा विधान समितिका सभापति मोहन रेग्मीले ठट्टा गर्दै थिए, ‘अब कम्युनिस्ट आन्दोलन नयाँ मोड र उचाइमा पुग्यो ।’

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार