• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पूर्व प्रधानसेनापति रुक्मांगद कट्वाल सैनिक अस्पतालमा अवस्था गम्भीर !


कोरोनासंक्रमण भएर पूर्वप्रधानसेनापति रुक्मांगद कट्वाल वीरेन्द्र सैनिक अस्पताल छाउनी भर्ना भएका छन्।वैशाख १ गते भर्ना भएका
उनी अहिलेसम्म अस्पतालमै छन्।उनलाई श्वासप्रश्वासको समस्या रहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएकोछ।कट्वाललाई अहिले अक्सिजन

दिएर राखिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।‘उहाँलाई अक्सिजन दिएर साधारण बेडमा राखिएको छ,’ उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ।’कोभिडका बिरामीलाई अन्य विरामीलाई भन्दा बढी अक्सिजनको आवश्यकता पर्छ। पूर्णरुपमा स्वास्थ्यलाभ हासिल गरेपछि कट्वाललाई डिस्चार्ज गरिने सैनिक सूत्रले बतायो।
संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात
काठमाडौं । काठमाडौं उपत्यकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

मन्त्रालयको शुक्रबारकै तथ्यांकअनुसार हाल ३६ हजार १३५ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २६७८ जना छन् भने आईसीयूमा ३३१ र भेन्टिलेटरमा ११५ जना छन् । यति संक्रमित हुँदा नै अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भनेर सरकारले हात उठाउनु नालायकीपन भएको र यसले जनतामा त्रास मात्र फैलाउने जनस्वास्थ्यविद्हरु बताउँछन् । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘यस्तो गैरजिम्मेवारी पूर्ण कुरा मैले अहिलेसम्म कुनै पनि देशमा सुनेको छैन ।’

उनका अनुसार स्वास्थ्य मन्त्रालयले यो गैरजिम्मेवारीपूर्ण सूचना जारी गर्दैगर्दा हाम्रो स्वास्थ्य प्रणालीको क्षमता कति छ ? भन्ने कुरामा पनि हेर्नुपर्ने हुन्छ । ‘तर यसमा केवल स्वास्थ्य मन्त्रालयको मात्रै दोष होइन, सिंगै राज्य संयन्त्रले यो क्षेत्रलाई लामो समयदेखि गरेको बेवास्ताको परिणाम हो,’ ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख समेत रहेका उनले भने ।

संक्रामक रोग विषेशज्ञ डा. अनुप सुवेदी पनि लकडाउन गरेको सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा पनि दिनसक्दिन भन्न नपाउने बताउँछन् । भन्छन्, ‘अझ जनताले चुनेर पठाएका प्रतिनिधिले त झनै यस्तो भन्ने अधिकारै छैन ।’ सरकारले आजको भोलि नै आईसीयूको शय्या बढाउन नसकेपनि सरकारले चाहने हो भने ठूलो आइसोलेसन सेन्टर बनाएर राख्न सक्ने उनले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार