• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

अस्ट्रेलियाको कडा कदम, भारतबाट फर्कने आफ्ना नागरिकलाई ५ वर्ष जेल


एजेन्सी । अस्ट्रेलियाले भारतसँगको यात्रालाई हालका लागि गैरकानुनी बनाएको छ।अस्ट्रेलियाली सरकारले भारतबाट फर्किने आफ्ना नागरिकलाई ५ वर्षसम्म जेलसजाय गर्न सक्ने बताएको हो । पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ ।

भारतमा रहेका र कोारेना सङ्क्रमित भई क्वारेन्टाइनमा बसिरहेका अस्ट्रेलियाली नागरिकहरूको सङ्ख्याका आधारमा सरकारले उक्त कडा निर्णय लिएको हो ।त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यसै साताको शुरूतिर भारतबाट अस्ट्रेलियामा हुने सबै खालका उडानहरूमाथि प्रतिबन्ध लगाइसकिको छ । अब भारतबाट यसबेला अस्ट्रेलिया फर्कनेहरुले जेल बस्नुपर्ने हुन सक्छ ।

हाल भारतमा हाल करिब ९ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई कोरोनाको जोखिम समूहमा राखिएको जनाइएको छ ।

तर अस्ट्रेलियाली चिकित्सकहरुले सरकारको उक्त निर्णयको आलोचना गरेका छन् । भारतबाट फर्किरहेका अस्ट्रेलियाली नागरिकको सङ्ख्यासँग

सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले त्यहाँको टेलिभिजनमार्फत बताएको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार