• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : २०७८ वैशाख १९ गते आइतवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख १९ गते आइतवार तदनुसार ई. सं. २०२१ मई ०२ तारिख, राक्षस नामक संवत्सर,शाके
१९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ

०६:२८ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:४४ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ, तर व्यापार व्यवसायमा नोक्सानी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज घरपरिवार सँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तानबाट सुख पनि मिल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख १८ गते शनिवार