• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी दलहरुको आकस्मिक बैठक


लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले एमाले नेता शंकर पोखरलाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै प्रदेशका विपक्षी दलहरु छलफलमा जुटेका छन् । पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरु प्रदेश प्रमुखको कार्यालयमा छलफलमा जुटेको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र

कडरियाले रातोपाटीलाई जानकारी दिए । ​यसअघि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतका विपक्षी दलहरुले प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको सपथ नखुवाउन पत्र बुझाएका थिए । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै एकल बहुमतको सरकारका लागि प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । तर, पोखरेलले बुझाएको पत्रमा सांसद विमला केसीको समेत हस्ताक्षर भएपनि उनले आफु माओवादी केन्द्रमा लागेको खुलासा भएको थियो । यसो हुँदा पोखरेलले दावी गरेजस्तो उनको पक्षमा एकल बहुमत पुग्दैन । तर प्रदेश प्रमुखले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिसकेका छन् याे पनि

शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त
लुम्बिनी* प्रदेशको मुख्यमन्त्रीमा राजीनामा दिएको केही घण्टा नबित्दै फेरि शंकर पोखरेल नै नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।

​प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका जनाएका छन् ।

पोखरेलले आजै पदबाट राजीनामा दिए लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका थिए । त्यसलगत्तै हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य विमला केसी माओवादीतिर लागेको खुलासा भएको थियो । सोपछि उनी पुनः मुख्यमन्त्री बन्न सकस रहेको विश्लेषण हुँदै आएका अवस्थामा उनलाई प्रदेश प्रमुखले ‘फास्ट ट्र्याक’ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार