• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ले संसद मा विश्वासको मत लिने भएका छन् ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् ।एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत लिने निर्णय गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार वसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएको स्रोतले बतायो। मन्त्रिपरिषद् बैठक वालुवाटारमा जारी छ।वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ।यसबारेमा परामर्श गर्न प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएका छन्।

प्रदेश प्रमुखसँग लुम्बिनीका ४२ सांसदले गरे बहुमत सरकारको दाबी
लुम्बिनी प्रदेशसभाका ४२ सदस्यले मुख्यमन्त्री शंकर पोखरेलको शपथ रोक्न प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष माग गरेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित दलका सांसदले बहुमत सरकारको दाबी गर्दै मुख्यमन्त्रीको शपथ रोक्न माग गरेका हुन्।

आइतबार प्रदेश प्रमुख यादवले शंकर पोखरेललाई पुनः मुख्यमन्त्री पदमा नियुक्त गरे लगत्तै ४२ सांसदले सरकार गठनको दाबी प्रस्तुत गरेका हुन्। पोखरेलले बहुमत सांसदको हस्ताक्षर भन्दै विमलाकुमारी खत्री वलीको पुरानो हस्ताक्षर दुरुपयोग गरेको दाबी गठबन्धनले गरेको छ ।मुख्यमन्त्री पोखरेलको शपथ रोक्न नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाललगायत दलका प्रदेशसभा सदस्य रहेका हुन्।

विमला खत्री माओवादीमा प्रवेश गरेपछि ८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४० सांसद भएका छन्। जसमध्ये तीनजना सांसदले राजीनामा गरिसकेका छन्। यसले मुख्यमन्त्री पोखरेल पुनः अल्पमतमा देखिएका छन्।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार