• २०८१ असोज ८ गते मङ्गलवार
  • Preeti To Unicode

राशिफल : २०७८ वैशाख २० गते सोमवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख २० गते , साेमवार, ३ मे २०२१। वैशाख कृष्णपक्ष, सप्तमी तिथि ( १९ः०८ बजेदेखि अष्टमी ), उत्तराषाढा नक्षत्र
(१३ः४५ बजेदेखि श्रवण), चन्द्रराशि– मकर । इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०५ : १९ बजे र सूर्यास्त : साँझ ०६ : २९ बजे

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे. पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:४४ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । कुनै खबरले मनमा हर्ष र प्रसन्नता छाउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्य प्रति सजग रहन जरूरी छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज वाणीमा कुशलता आउने दिन परेको छ । नयाँ काम र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सेयरबजारबाट राम्रै लाभ हुनसक्छ, तर मनमा दोधारको अवस्था सिर्जना होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन घरमै हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । सामाजिक तथा परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बोलीवचन, प्रवचन रभाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा झंझट र समय खर्चनु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार