• २०८१ साउन ११ गते शुक्रवार
  • Preeti To Unicode

महन्थ र राजेन्द्रले गराउन थाले खाली कागजमा हस्ताक्षर


जनतासमाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी सदस्य सांसदहरू लाई खाली कागजमा हस्ताक्षर गराएका छन्। जुनसुकै बेला पनि आवश्यक कदम चाल्नपर्ने अवस्था आउन सक्नेभन्दै ठाकुर र महतो ले हस्ताक्षर संकलन गरेका हुन्।

कुनै प्रयोजन नखुलाइकन हस्ताक्षर गर्न लगाइएको पूर्वराजपा पक्षधर एक कार्यकारिणी सदस्यले सेतोपाटीलाई बताए।’उपेन्द्र र बाबुरामले गरेको सिको हामीले गर्नु गलत थियो। पार्टी जोगाउनका लागि केही पहलसमेत भएन,’ ती कार्यकारिणी सदस्यले भने,’अब हाम्रो हस्ताक्षर सरकारको समर्थनका लागि दिएमा नौलो हुँदैन। पार्टी त अब एक रहनै मुस्किलजस्तो देखिएको छ।’ठाकुर र महतोले आफूनिकट सांसद र कार्यकारिणी सदस्यलाई काठमाडौंसमेत बोलाएका छन्।जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका रेशम चौधरी जेलमा छन्। ५० सदस्य कायम रहेको कार्यकारिणी समितिमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवसँग बहुमत छ।

संसद् सचिवालयले निकाल्यो प्रतिनिधिसभा अधिवेशन आह्वानको सूचना
सङ्घीय संसद् सचिवालयले वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुरुप आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको जनाउँदै सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्। प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा,

१०० को उपधारा, ९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले अधिवेशन आह्वान गरिएको हो। प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नसक्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार