• २०८१ असोज ८ गते मङ्गलवार
  • Preeti To Unicode

राशिफल : २०७८ वैशाख २२ गते बुधवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख २२ गते, बुधवार, ५ मे २०२१। वैशाख कृष्णपक्ष नवमी तिथि (१७ः३२ बजेदेखि दशमी)। धनिष्ठा नक्षत्र (१३ः२४
बजेदेखि शतभिषा)। चन्द्रराशि– कुम्भ। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:३० बजे, काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:३९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सेवा गर्ने अवसर जुट्न सक्छ । करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । धन हात पार्न पनि सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । परिवारमा रमाइलो वातावरण छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव पनि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । विपरीत बर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभ पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार