• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

दलबलसहित प्रधानमन्त्री ओली पुगे देउवा निवास बुढानिलकण्ठ


काठमाडौं:प्रधानमन्त्री केपीशर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।
ओली देउवालाई भेट्न नेकपा एमालेका नेता ,ईश्वर पोखरेल,सुवास नेम्वाङ,रामबहादुर थापा बादलसहित पुगेको बालुवाटार स्रोतले जनाएको छ।

यता कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि ओली बुढानिलकण्ठ आइपुगेको पुष्टि गरे। ओलीले २७ गते प्रतिनिधि सभामा लिन लागेको विश्वासको मतमा आफ्नो पक्षमा पत दिन आग्रह गर्न देउवा निवास पुगेका हुन्। प्रधानमन्त्री भएपछि ओली आफ्नो समूहसहित देउवा निवास गएको यो पहिलो घटना हो।प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनीहरुबीच छलफल जारी छ ।

मंगलबार साँझ काँग्रेस देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । चार नेताहरु ओली इत्तर मोर्चाबन्दी निर्माणमा कसिएपछि बुधबार ओली भेटवार्ताका लागि देउवा निवासमै पुगेको बुझिएको छ ।

वैशाख २७ गते विश्वासको मत लिने निर्णयमा पुगेका ओली चार नेताको छलफलबाट झस्किएको पाइन्छ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरे ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार