• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

बूढानीलकण्ठमा प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्ष नेताको छलफल सकियो : के कुरा भयो ?


वैशाख, काठमाडौं । पार्टीका नेताहरुसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा
ओलीले विश्वासको मतमा सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएको थियो ।एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै

उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने कांग्रेसको बटमलाइन
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेता र सभापति शेरबहादुर देउवासँगै कांग्रेसका शीर्ष नेताबीचको छलफल सकिएको छ। प्रधानमन्त्री बनेपछि ओली पहिलो पटक शीर्ष नेताका साथ प्रमुख प्रतिपक्षी दलका नेता देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतका अनुसार भेटमा राजनीति घटनाक्रम, कोरोना संकट र समसामयिक विषयमा छलफल भएको छ। महतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा कांग्रेसले प्रष्ट रुपमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ। छलफलमा ओलीले सरकारलाई समर्थन गर्न आग्रह गर्दा यस्तो बताएको महतको भनाइ छ।

‘हामी विपक्षमा मतदान गर्ने हो भनेर हामीले प्रष्ट रुपमा भनेका छौँ’, नेता महतले भने। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन वैशाख २७ गतेका लागि संसदको विशेष अधिवेशन आह्वान गरेका छन्।

बूढानीलकण्ठ छलफलमा एमालेको तर्फबाट प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङ सहभागी थिए भने कांग्रेस सभापति देउवासँँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार