• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

सरकारले तयार पार्यो कोरोना संक्रमितको उपचारका लागि वीर अस्पतालको नयाँ भवन


काठमाडौं : उपत्यकामा कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ।केही दिनयता उपत्यकामा दैनिक ३ हजार संक्रमित
पहिचान भएका छन्। आजमात्रै उपत्यकामा ३ हजार ८३५ जनामा संक्रमण देखिएको छ । भक्तपुरमा ४५८, ललिपुरमा ५१८ र काठमाडौंमा ३

हजार ८४९ मा संक्रमण देखिएको हो।संक्रमितको संख्या बढ्दै गएसँगै अस्पतालहरु भरिएका छन्। अस्पतालमा शय्याको अभाव हुँदा धेरैजना घरमा नै आइसोलेसनमा बस्न बाध्य भएका छन्। आउने दिनमा संक्रमणको जोखिम अझै बढ्न सक्ने भएकोले सरकारले तत्काल आइसोलेसन सेन्टरहरु निर्माण गर्नुपर्ने र अस्पतालको क्षमता बढाउनुपर्ने माग उठिरहेको छ।

काठमाडौंको केही स्थानमा समुदाय मिलेर नै आइसोलेसन सेन्टर निर्माण भइरहेको छ।यसबिच, वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पतालको रुपमा संचालन गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत देशवासीलाई सम्बोधन गर्ने क्रममा वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने बताएका थिए।

सरकारले सुरुवाती चरणमा उक्त भवनमा संक्रमितको उपचारसँगै आइसोलेशन सेन्टर निर्माण गर्ने तयारी थालेको हो। ५०० शय्याबाट सुरु गरि १०० शय्याको व्यवस्था उक्त भवनमा गरिने बताइएको छ।हाललाई भने वीर अस्पतालमा रहेका पुरानो करिब २०० शय्याको व्यवस्था गरि उपचार सुरु गर्ने तयारी भइरहेको छ।

नयाँ भवनमा स्वास्थ्य उपकरण सहित शय्याको व्यवस्था गर्न स्वस्फूर्त रुपमा युवाहरु समेत लागेका छन्। उनीहरुले उक्त भवनमा शय्याका साथै अन्य सामाग्री व्यवस्था गर्ने प्रयास गरिरहेका छन्। साथै, अहिले शय्या व्यवस्थापनमा समेत सहयोग गरिरहेका छन्।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार