• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : २०७८ वैशाख २३ गते बिहीवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख २३ गते, बिहीवार,६ मे २०२१।वैशाख कृष्णपक्ष दशमी तिथि (१७ः२७ बजेदेखि एकादशी)। शतभिषा नक्षत्र (१३ः५६
बजेदेखि पूर्वभाद्रपदा)। चन्द्रराशि– कुम्भ। इटहरी,सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:३० बजे,काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:४० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजबाट मान सम्मान मिल्नेछ । पारिवारिक सुख पनि मिल्नेछ । आज सेतो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र पारिवारीक सम्बन्ध सुधार हुने समय पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको भने ह्रास हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । पारिवारिक जमघट पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद पनि बढ्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार