• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

के हो अक्सिजन लेवल, घरमै कसरी बढाउने, कति हुँदा अस्पताल जाने ? डाक्टरको सुझाव


काठमाडौ।बाँके नेपालगन्जका विष्णु प्रसाद पोखरेलले सामाजिक सञ्जाल फेसवुकमा डाक्टर मोईउद्दिन किदवाईसंग गरेको कुराकानी
पछि आफ्नो फेसवुकमा लेख्नुभएको स्टाटस अहिले कोरोना महामारीमा सर्वसाधारणका लागि उपयोगी हुनेठानेर साभार गरिएको हो।डा किदवाईका

अनुसार अस्पताल होस या घरमै फोक्सो सम्बन्धि समस्या भएमा वा घरमै आइसलेसनमा हुनुहुन्छ र अक्सिजन लेवल कम भएको जस्तो लागेको छ वा पल्स अक्सि मिटरले ९४ भन्दा कम अझ कहिलेकाही त ९० प्रतिशत भन्दा पनि कम देखायो भने अक्सिजन लेवल बढाउन प्राकृतिक विधि अपनाउन सकिन्छ । त्यसको लागि यसो गर्नु अत्यन्तै लाभदायक हुन्छ । डाक्टर एम किदवाईका अनुसार बिरामीलाई घोप्टो पारेर सु ता उने, तकिया पेटमुनि राखिदिने, लामो लामो सास लिन भन्ने, हलुका व्यायाम गर्न सुझाउने गर्नुपर्छ ।व्यायाम गर्दा बिरामीलाई अप्ठ्यारो महशुस भएमा भने व्यायाम रोक्नु पर्छ र घोप्ट‍ो पारेर पछाडिको भागमा थपथपाउनु पर्छ । यसरी घोप्टो पारेर सुताउदा १५-२० मिनेट पछि अक्सिजन लेवल नाप्दा ४-५% सम्म बढेको पाईएको छ र यो फर्मुला अन्तर्राष्ट्रिय स्तरमै चलनमा आईसकेको छ ।

डाक्टर किदवाई भन्नुहुन्छस् फोक्सोमा समस्या देखिएको होस या कोरोना पोजेटिभ भएर छाती दुख्ने, स्वासप्रस्वास अप्ठ्यारो हुने, ससानो मेहनत गर्दा पनि स्याँ-स्याँ वा दम सरहको अवस्था देखिन गएको होस यस्तो अवस्थामा अक्सिजन लेवल जाच्नुपर्छ र बेलाबेलामा यसको अवस्था हेर्नु पर्छ । अक्सिजन लेवल धेरै कम भयो या लामो समय ९०% भन्दा माथि जान सकेन भने चाहिँ अक्सिजन सप‍ोर्ट जरुरी पर्छ र अस्पतालमा सम्पर्क राखीहाल्नु पर्छ ।अनि के हो त अक्सिजन लेवल भन्ने सवालमा गुगल या विज्ञका लेख पढदा रगतमा भएको अक्सिजनको मात्रालाई भनिदो रैछ । इन्फ्रारेड प्रविधिको माध्यमले छालामा बगिरहेको रगतको अक्सिजन लेवल र मुटुको धड्कन जाँच्ने साधारण उपकरण या मेडिकल डिभाइसलाई पल्स अक्सिमिटर भन्छन र यसैको सहायताले अक्सिजन लेवलको मापन गरिन्छ ।

अक्सिजन लेवल जाँच्न केही बर्ष अघिसम्म अस्पताल नै जानु पर्थ्यो र ठुलो पल्स अक्सिमिटरमा मनिटर हुन्थ्यो । तर अहिले सहजता छ । फिंगर पल्स अक्सिमिटर सानो डिभाईस बजारमा सहजै पाईन्छ र बजार हेरेर एक दुई हजारमै पाईन्छ । यसलाई ओेलामा राखेर सजिलोसँग हेर्न सकिन्छ ! आज डाक्टर एम किदवाईले बोलाउनु भएको थियो, मौका पारेर यो जानकारी र बिरामीको सेवा गर्दागर्दैको तस्बिर पनि लिएको छु, लाभदायक नै हुन सक्छ कि !

हुन्छ त हजुर अब आफ्नो बिरामीको अक्सिजन लेवल डाक्टर किदवाईको फर्मुला अनुसारको घोप्टो सुताउने, हलुका व्यायाम गर्ने, सामान्यतया फलफुल र जाउलो खुवाउने, झ्याल खुल्ला राख्ने, भेन्टिलेसन अपनाउने गर्नुस, अक्सिजन लेवल अवश्य बढन सक्छ ! उपयोगी लागे या मन परे छरछिमेकमा भनिदिनु होला र साथीहरूमा शेयर पनि गर्नु होला । धन्यवाद !!

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार