• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

राष्ट्रपति लाई भेट्न माधव नेपाल शीतल निवासमा ….


काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले उच्च राजनीतिक भेटवार्तालाई तिब्रता दिएका छन्।प्रमुख प्रतिपक्षी दल नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेट सकेपछि पूर्वप्रधान मन्त्री समेत रहेका नेता नेपाल राष्ट्रपति लाई भेट्न शीतल निवास पुगेका हुन्।

देउवासँगको भेटमा प्रधानमन्त्री केपी ओलीविरुद्ध एकजुट हुने विषयमा छलफल भएको बूढानीलकण्ठ स्रोतले बताएको छ। नेता नेपाल आफू निकट नेतासहित बूढानीलकण्ठ पुगेका थिए। बूढानीलकण्ठको भेटपछि शीतल निवास पुग्नुलाई महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि संघीय संसद्‍को विशेष अधिवेशन आह्वान गरेपछि कोरोना महामारीकै बीच नेपालको राजनीति सत्ता समीकरणको छलफलले तातेको छ।

एमालेभित्र नेपाल समूहले ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट बताउँदै आएको छ। राष्ट्रपतिसँगको भेटले भने एमालेभित्र ओली र नेपाल समूहको मिलन बिन्दुको खोजी हुनसक्ने अनुमान गरिएको छ।

ओलीले विशेष अधिवेशनबाट विश्वासको मत लिने बताएपछि एमाले नेपाल समूहसहित कांग्रेस, माओवादी र राजपाको उपेन्द्र यादव समूहले गठबन्धन बनाएको छ।

यो गठबन्धन बनेपछि प्रधानमन्त्री ओली बुधबार देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। देउवासँगको भेटमा ओलीले विश्वासको प्रस्तावको समर्थनका लागि अनुरोध गरेका थिए। ओलीले विश्वासको प्रस्तावमा साथ दिँदै अर्ली इलेक्सनसम्म सहकार्य गर्न गरेको अनुरोध देउवाले अस्वीकार गरेका थिए।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार