• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : २०७८ वैशाख २४ गते शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख २४ गते शुक्रवार तदनुसार ई. सं. २०२१ मई ०७ तारिख, राक्षस नामक संवत्सर, शाके
१९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त

: साँझ ०६:३१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:४० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा बढी प्रगति होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफन्त सँगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यमा सरिक हुने योग पनि रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । दक्षिणा पनि हात पर्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज श्रमको उचित मूल्याङ्कन होला । शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा बढी सफलता मिल्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको कार्यबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्ला, तर खनपीन र स्वास्थ्य प्रति सावधानी रहन आवश्यक छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार