• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

तटस्थ रहेन जसपा : बाबुराम-उपेन्द्र पक्षले विपक्षमा र महन्थ–राजेन्द्र पक्षले पक्षमा मत दिने


जनतासमाजवादी पार्टी नेपाल(जसपा)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी
नगर्ने भएको छ ।यद्यपी पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ । तर सांसदलाई ह्वीप भने नलगाइएको वरिष्ठ नेता राजेन्द्र

महतोले जानकारी दिए । उनका अनुसार सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनेछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री अ‍ोलीले लिने विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय भएको छ, तर के गर्ने सांसदको स्वविवेक भर पर्छ ।’विश्वासको पक्षमा मत नहाले तटस्थ बस्नुहुन्छ कि विपक्षमा मत हाल्नुहुन्छ भनि राखिएको जिज्ञासामा अध्यक्ष यादवले भने, दुवै हुनसक्छ, तटस्थ पनि बस्न सकिन्छ, विपक्षमा पनि मतदान गर्न सकिन्छ ।’जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका संसद तटस्थ बस्नुपर्ने पक्षमा छन् भने यादव पक्ष विपक्षमा मत हाल्ने पक्ष छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् । पार्टी पदाधिकारीहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा थिए भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा थिए ।

तर कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षको बहुमत देखिएपछि महन्थ–राजेन्द्र पक्षले तटस्थ बस्ने प्रस्ताव अघि सारेका थिए ।आइतबार बिहान महन्थ–राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए र तटस्थ बस्ने बताएका थिए ।संघीय परिषद्का संयोजक डा. बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए । डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने धारणा राखेका थिए ।

मध्यमार्गी सहमति खोज्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको नेता राजेन्द्र श्रेष्ठले अनलाइनखबरलाई बताए । उनले अघि भने, ‘तटस्थ बस्न चाहने साथीहरुले तटस्थ बस्न पाउनुहुन्छ । हामी चाहिं विपक्षमा मतदान गर्छौं ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार