• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ओलीलाई कुन शक्तिले टिकाइरहेको छ ? इण्डिया र सबै दलले पनि हटाउन नसक्नुको रहस्य यस्तो ! ( भिडियो )


ओलीलाई कुन शक्तिले टिकाइरहेको छ? के अब केपी युग सकिँदैछ ? इण्डिया र सबै दलले पनि हटाउन नसक्नुको रहस्य यस्तो!
भिडियो कुन शक्तिले टिकाइरहेको छ? के अब केपी युग सकिँदैछ ? इण्डिया र सबै दलले पनि हटाउन नसक्नुको रहस्य यस्तो कुन शक्तिले ?


सांसदलाई ह्वीप जारी नगर्ने जसपाको निर्णय : विवेक प्रयोग गर्न छुट, उपेन्द्र-बाबुराम पक्षले विपक्षमा मत दिने
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा सांसदलाई पक्ष वा विपक्षमा मत हाल्न ह्वीप जारी नगर्ने भएको छ। सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन आह्वान भएको छ। आइतबार बसेको जसपा पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमाथि ह्वीप जारी नगर्ने निर्णय गरेको हो।

नेता राजेन्द्र महतोका अनुसार पार्टीले ह्वीप जारी नगर्ने भएपछि सोमबार सांसदले मतदान गर्दा विवेक प्रयोग गर्न पाउनेछन्। जसपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र नदिने विषयमा विवाद चर्किएपछि पार्टी विभाजनको संघारमा पुगेको थियो। आइतबार बसेको पदाधिकारी बैठकले ह्वीप जारी नगर्ने निर्णय गर्दै तत्कालका लागि पार्टीलाई विभाजनबाट जोगाएको छ।

जसपामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो तटस्थ बस्नुपर्ने लाइनमा छन्। डा. बाबुराम भट्टराई र उपेन्द्र यादव विश्वासको मतको विपक्षमा छन्। यो निर्णयसँगै सोमबार जसपाका सांसदले मतदानमा विवेक प्रयोग गर्न पाउने भएका छन्। स्रोतका अनुसार उपेन्द्र र बाबुराम पक्षका सांसदहरूले विश्‍वास मतको विपक्षमा मतदान गर्ने भएका छन्।

ठाकुर र महतो पक्ष तटस्थ बस्‍ने भएको छ। ३४ सिट भएको जसपाभित्र उपेन्द्र-बाबुराम पक्षका आधाभन्दा बढी सांसद छन्। जसपाको यो निर्णयले ओलीलाई भन्दा विपक्षी गठबन्धनलाई सहयोग पुग्‍नेछ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार