• २०८१ असोज ८ गते मङ्गलवार
  • Preeti To Unicode

राशिफल : २०७८ वैशाख २७ गते सोमवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ वैशाख २७ गते, साेमवार, १० मे २०२१। वैशाख कृष्णपक्ष चतुर्दशी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि– मेष। इटहरी,सुनसरी,
नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०६:३२ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त :साँझ

०६:४२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा पनि अवरोध आउनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त सँग कुराकानी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाईनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहन सक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार