• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

गुरुङलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको हामीलाई स्वीकार्य छैन : कृष्णचन्द्र नेपाली


काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्ति गरिएकोप्रति विपक्षी गठबन्धनले आपत्ति जनाएको छ । काँग्रेस माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा काँग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश

गरेका थिए । तर दाबी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित भएको छ । नेपालीले रातोपाटीसँग भने, ‘प्रदेश प्रमुखले पदीय मर्यादाअनुसार काम गर्नुभएन । उहाँले पार्टीले अह्राएको कार्यकर्ताका हिसाबले काम गर्नुभयो । किनभने संविधानको धारा १६८ को २ ले दललाई चिन्छ । टाउको चिन्दैन । चार दलको नेताको समर्थनसहित गइसकेपछि उहाँले २ अनुसार नै मुख्यमन्त्री नियुक्त गर्नुपथ्र्यो । त्यसपछि विश्वासको मत लिन्थ्यौं । हामीले त्यो विश्वासको मत नपाएपछि संविधानको धारा २६८ को ३ अनुसार प्रदेशसभाका सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री गर्नुपथ्र्यो ।’

प्रदेश प्रमुखले संविधानको धारा १६८ को दुईलाई ओभरल्याप गरेर ३ मा प्रवेश गर्नु संविधान विपरीत भएको उनको भनाइ छ । ‘संवैधानिक व्यवस्थालाई कुल्चिने कुरा भयो । उहाँले असंवैधानिक कदम चाल्नुभयो भन्ने हाम्रो निष्कर्ष हो’ नेपालीले भने, ‘किनभने नभए विश्वासको मत किन दिने ? दलको समर्थन आइसकेको छ । टाउकोको गन्ती प्रदेशसभामा हुने हो ।’

प्रदेश प्रमुखको असंवैधानिक कदमका विरुद्ध कसरी अगाडि बढ्ने भन्नेबारे चार दलबीच छलफल भइरहेको नेपालीले बताए । यसका लागि कानुनविद्सँग पनि परामर्श गरिने उनले बताए । उनले भने, ‘संवैधानिक कदमविरुद्ध अदालत जाने विकल्पमा पनि छलफल भइरहेको छ । यसबारे हाम्रो औपचारिक विज्ञप्ति आउछ । एमालेको सरकार केन्द्र होस्, चाहे प्रदेशमा होस् संविधानलाई कसरी कुल्चिन्छ भन्ने यो नांगो रुप हो । यसलाई हामी सार्वजनिक रुपमा बाहिर ल्याउँछौं ।’

संविधान कार्यान्वयन गर्ने जिम्मेवारी लिएको व्यक्तिले नै पार्टीको इसारामा काम गर्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने उनले बताए । उनले भने, ‘यो कुरा हामीलाई कदापि स्वीकार्य छैन ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार