• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन : नियुक्त


पोखरा : पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन्। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकहाँ दाबी परे पनि उनको दाबीले मान्यता नपाएपछि पुनः गण्डकी प्रदेश एमाले संसदीय दलका नेता

गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। कांग्रेसका पोखरेलले ६० सदस्यी प्रदेश सभाका कांग्रेसका १५, माओवादीका (सभामुखसहित) १२, जनमोर्चाका ३ र जनता समाजवादीमा २ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्ति दाबीसहितको पत्र बुधबार प्रदेश प्रमुखलाई बुझाएका थिए। तर त्यसअघि नै मध्याह्न जनमोर्चाका थापाले सरकार गठनका सन्दर्भमा आफू तटस्थ रहेको बताएका थिए।जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने सन्दर्भमा आफ्नो समर्थन नरहेको पत्र प्रदेश प्रमुखकहाँ पोखरेलको दाबीअघि नै बुझाएका थिए। थापा र शाहीको पत्रअनुसार पोखरेलले दाबी गरेअनुसार बहुमत नपुगेपछि गुरुङ पुनः मुख्यमन्त्री बनेका हुन्।

२६ वैशाखमा मुख्यमन्त्री गुरुङले राजीनामा गरेपछि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि ३ दिनको म्यादसहित आह्वान गरेकी थिइन्। बुधबार ४ बजेसम्म त्यसको म्याद थियो। उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेल शपथ खुवाएकी छन् । शपथ लगत्तै गुरुङले पदभार ग्रहण गरेका छन् ।

जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने सन्दर्भमा आफ्नो समर्थन नरहेको पत्र प्रदेश प्रमुखकहाँ पोखरेलको दाबीअघि नै बुझाएका थिए। थापा र शाहीको पत्रअनुसार पोखरेलले दाबी गरेअनुसार बहुमत नपुगेपछि गुरुङ पुनः मुख्यमन्त्री बनेका हुन्।

२६ वैशाखमा मुख्यमन्त्री गुरुङले राजीनामा गरेपछि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि ३ दिनको म्यादसहित आह्वान गरेकी थिइन्। बुधबार ४ बजेसम्म त्यसको म्याद थियो। उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेल शपथ खुवाएकी छन् । शपथ लगत्तै गुरुङले पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार