• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

चपली हाइटमा केपी-माधव निर्णायक वार्ता शुरु


प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा पुगेका छन् । प्रधानमन्त्री ओली बरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि थापाको घरमा पुगेका हुन् ।अध्यक्ष ओलीले केही अगाडि नै पुगेर माधव

नेपाललाई प्रतिक्षा गरेका थिए । केही ढिलो गरी पुगेका नेता नेपालसँग अहिले ओलीले छलफल गरिरहेका छन् ।अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच आज निर्णायक वार्ता हुने बताइएको छ । प्रधानमन्त्री ओली जेठ २ को अवस्थामा फर्कन तयार नभएर सामुहिक राजीनामा दिने माधव नेपाल पक्षको तयारी छ । ओली पक्ष पनि नेता नेपालसँग केही नरम देखिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार