• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमा माधव नेपाल पक्षका नेता पनि मन्त्री बन्दै, जसपाबारे लागेन टुंगो


काठमाडौं: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा ओलीलाई बिहीबार उक्त पदमा पुनः

नियुक्त गरेकी हुन्। तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २:३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ। प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका केही सांसदलाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ। तर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मन्त्रिपरिषद्मा कस कसलाई लैजाने भन्नेबारे टुंगो नलागिसकेको बताए। यसैगरी ओलीलाई सघाएका जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र महतो पक्षलाई कसरी लैजाने भन्नेबारेमा पनि टुंगो नलागिसकेको उनले बताए।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा

तोकेर आह्वान गरेकी थिइन्। उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि ती दल असफल भएका थिए। उक्त अवधि सकिएपछि संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २:३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार