• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

महामारी नियन्त्रणमा सबै सामर्थ्य लगाउँछौं : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका
छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना महामारी नियन्त्रणका लागि

राज्यको सबै शक्ति लगााउने बताएका हुन् ।‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामर्थ्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु’ उनले भने ।प्रधानमन्त्री ओलीले महामारीको अहिलेको समयमा सेवाभावका साथ सहयोग गर्न आग्रह गरेका छन् । उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि आग्रह गरेका छन् । अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै प्रधानमन्त्री ओलीले आवश्यकता र विरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्ने पनि बताए ।

महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमितता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए । उनले यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशनसमेत दिए ।प्रधानमन्त्री ओलीले सबै नेपालीलाई यथाशीघ्र कोभिड– १९ विरुद्धकाे खोपको व्यवस्था गर्ने र उद्योग व्यवसायमा कोभिड-१९ को प्रभाव न्यूनीकरणका लागि सहयोग गर्ने बताए ।

सरकार बनाउन नसक्नेहरुले प्रतिगमन गर्न खोजे
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अस्थिरताका लागि पहल नगर्न चेतावनी दिएका छन्।
शीतल निवासमा प्रधानमन्त्री पदको सपथ लिएपछि पद बहाली गर्न सिंहदरबार पुगेका ओलीले आफूलाई पदबाट हटाउन नसकेपछि अस्थिरता

ल्याउन खोजिएको आरोप लगाएका हुन्। नवनियुक्त मन्त्रीहरुलाई ब्रिफिङ गर्नै ओलीले प्रचण्डलाई ‘नक्कली क्रान्तिकारी’को संज्ञा समेत दिएका छन्।आफूले सरकार बनाउन नसक्नु प्रतिगमन। नक्कली क्रान्तिकारी चस्माबाट हेर्छन्। र अहिले पनि जनतालाई। प्रतिगमनका पक्षमा लागौं भनेर बबण्डर गर्ने प्रयास भएको छ,’ उनले भने।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार