• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

अध्यक्ष ओली जेठ २ को सरंचनामा फर्किन सहमत हुनुभयो : माधव नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली गत फागुन २८ को निर्णय फिर्ता
लिएर २०७५ जेठ २ को संरचनाअनुसार पार्टी सञ्चालन गर्न सहमत भएको बताएका छन्।शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा

२८ फागुनको निर्णय फिर्ता लिएर जेठ २ को संरचनाअनुसार पार्टी सञ्चालन गर्न ओली सहमत भएको उनले बताएका हुन् ।उनले सञ्चारकर्मीसँग भने, ‘फागुन २८ को निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्थामा पुग्ने हाम्रो यो बटमलाइन थियो। त्यसमा पार्टी अध्यक्ष केपी ओलीले सहमति हुन्छ भन्नु भएको छ, बाँकी मोडालिटीबारे छलफल गर्न कार्यदल बनाउने भन्ने छ ।’

गत फागुन २८ मा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले महाधिवेशन घोषणा गरेका थिए भने विधान संशोधन पनि गर्नुभएको थियो ।यसबीचमा अध्यक्ष ओलीले

नेपाल समूहका नेताहरुलाई कारबाही पनि गर्नुभएको छ । तर, अहिले अध्यक्ष ओलीले नेपालसहित उनी पक्षका चार नेतालाई गरेको निलम्बन फुकुवासमेत गरिसक्नुभएको छ ।

अध्यक्ष ओली र नेपालबीच बिहीबार चपलीहाइटमा छलफल भएको थियो । यसलगत्तै शुक्रबार सिंहदरबारमा थप वार्ता भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार