• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

जेठ २ गते वरपर रहेर समस्या समाधान गर्ने एमालेमा सहमति, कार्यदलको जिम्मा ओली र नेपाललाई


नेकपा एमाले को विवाद २०७५ जेठ २ गते को वरपर रहेर समाधान गर्ने सहमति भएको छ । सिंह दरबार मा आज भएको दुवै
पक्षबीच को वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावल ले जानकारी दिए ।त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी

ओली र माधव नेपाललाई जिम्मेवारी दिएको बताए । कार्यदललाई पूर्णता दिएसँगै अर्को चाडै बस्ने नेता रावलको भनाई छ । बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको नेता रघु पन्तले जानकारी दिए ।वार्ता सुरु हुनुभन्दा अघि पनि अध्यक्ष ओली निकै हर्षित मुद्रामा बैठक हलमा छिरेका थिए र सकिएपछि बाहिरिँदा प्रधानमन्त्रीका कार्यालयअगाडि पत्रकारहरुलाई हात हल्लाउँदै गाडी चढेर फर्केका थिए ।झण्डै तीन घण्टा बसेको बैठकमा माधव पक्षले तीन एजेण्डा पेश गरेका थिए । माधव पक्षका एजेण्डामा ओली पनि सकारात्मक रहेको बुझिएको छ । बैठक अघि अध्यक्ष ओलीले आफूपक्षीय नेतासँग सिंहदरबारमा छुट्टै छलफल गरेका थिए ।

खनाल-नेपाल समूह सत्य, लोकतन्त्र र संविधानको पक्षमा संघर्ष गर्नुहुन्छ र हाम्रो फेरि भेट हुन्छ : दाहाल
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सत्य, लोकतन्त्र र संविधानको पक्षमा संघर्ष गर्ने आश आफूलाई रहेको बताएका छन् । खनाल-नेपाल समूहसँग फेर भेट हुने पनि दाहालको भनाइ थियो ।कोरोना भाइरसविरुद्धको खोप लगाएर संसद् भवनबाट बाहिरिएपछि शुक्रबार दाहालले भने,

‘म आशा गर्छु उहाँहरू सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु ।’प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर माधवकुमार नेपालले विकल्पमा सरकार गठनका क्रममा लागेकाहरूलाई धोका दिएको रूपमा आफूले नलिएको दाहालको भनाइ थियो । त्यसैलाई लिएर उनले अझै पनि आफूहरूको भेट हुने भन्ने अभिव्यक्ति दिएका हुन् । ‘अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न । किनभने अहिले भर्खर पनि हामी कुरा गर्दैछौं । उहाँहरूभित्र केही समस्या पक्कै पनि भए होलान् ।

उहाँहरू आफू पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनु भएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ,’ दाहालले भने ।
मुलुकको आगामी राजनीति चुनौतीपूर्ण रहेको दाहालको भनाइ छ । संविधान र लोकतन्त्रको रक्षाको निम्ति आफूहरू अघि बढ्ने उनले बताए । ‘संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो संघर्ष जारी रहन्छ । प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ ।

जनतालाई राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा हामी निरन्तर संघर्षमा हुन्छौं,’ उनले भने ।संवैधानिक तवरबाट हुने निर्वाचनका लागि माओवादी तयार रहे पनि असंवैधानिक ढंगबाट हुने निर्वाचनको विरोध गरिने दाहालको भनाइ थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार