• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सिंहदरबारमा सुरु भयो ओली-नेपालबीच ‘वान टु वान’ वार्ता


पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ ।

दुई नेताबीचको वार्ताबाट विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने बताइएको छ । गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्य टुंग्याउन छलफलमा बसेका हुन् ।गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो । माधव नेपाल समूहबाट कार्यदलमा रहने व्यक्ति लगभग टुंगो लागेपनि ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्यको टुंगो लागेको छैन ।

नेपाल पक्षबाट भने कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने यसअघि नै टुंगो लागेको थियो । ओली आफ्नो तर्फबाट कार्यदलमा रामबहादुर थापालाई समेत राख्ने तयारीमा छन् । तर माधव पक्षले थापालाई राख्न नहुने बताउँदै आएको छ । नेकपा एमालेका अध्यक्ष

केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो ।शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । नेकपा एमालेभित्र

देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।
उक्त सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलका सदस्यहरु ओली र नेपालले टुंगो लगाउँदैछन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार