• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

ओली र नेपालको वार्ता सकियो : नेम्वाङ र रावल संयोजकत्वमा ५–५ जनाको वार्ता टोली


काठमाडौं । एमाले विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ ।वार्ता टोलीमा ओली पक्षबाट सुवास
नेम्वाङको नेतृत्वमा विष्णु पौडेल,प्रदीप ज्ञवाली,शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम

भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो । नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्ता सकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्ताले पार्टी एकताको विषयमा तीन दिनभित्र प्रतिवेदन तयार गर्नेगरी वार्ता समिति गठन गरेको छ। ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्व र नेपाल पक्षको तर्फबाट भीम रावलको संयोजकत्वमा वार्ता टोली बनेको वरिष्ठ नेता नेपालले जानकारी दिए।

नेता नेपालका अनुसार दुवै वार्ता टोलीलाई एकताको योजनासहितको प्रतिवेदन तयार पार्न तीन दिनको समय दिइएको छ। शुक्रबार सिंहदरबारमा ओली र नेपाल पक्षका नेताहरुले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेतालाई दिएका थिए ।

एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ । ओली र नेपालबीच वैशाख २७ गते करिब चार घण्टा भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो ।

सोही सहमतिअनुसार शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो । आइतबारको बैठक सोही प्रयोजनका लागि मात्र बसेको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार