• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्रीले लिएको सपथ बदर गराउन सर्वोच्चमा रिट


काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको सपथ बदर गरउन भन्दै सर्वोच्चमा
दुई वटा रिट परेको छ । प्रधानमन्त्री ओलीले लिएको सपथ असंवैधानिक भएको भन्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले

रिट दर्ता गराउनु भएको हो ।अधिवक्ता भण्डारीले रित नपुगेकोले सपथ बदर गराउनु पर्ने कारण रिटमा उल्लेख गर्नुभएको बताइएको छ । उता अधिवक्ता ज्ञवालीको भने रिट दर्ता भइसकेको छैन ।शुक्रबार प्रधानमन्त्री ओलीले शपथ ग्रहणका क्रममा राष्ट्रपति भण्डारीले भनेका केही वाक्य उच्चारण गर्न इन्कार गर्नुभएको थियो । त्यसक्रममा ओलीले त्यो पर्दैन भनेर राष्ट्रपतिलाई जवाफ दिनुभएको थियो । त्यसक्रममा राष्ट्रपति हाँस्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले सपथका क्रममा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भन्दा प्रधानमन्त्रीले प्रतिज्ञा गर्छु कि’ भन्ने शब्दलाई त्यो पर्दैन भन्नु भएको थियो ।

प्रधानमन्त्रीको सपथलाई दिएर सामाजिक संजालमा व्यापक आलोचनासमेत भएको थियो ।

उता कानूनविदहरूले संविधानमा जे छ त्यही शब्दमा सपथ लिनुपर्ने बताउछन् । राष्ट्रपतिले हाँसेर र प्रधानमन्त्रीले पूरा वाक्यांश उच्चारण नगरेर संविधानको धज्जी उडाएको कानुनबिदहरु बताउछन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार