• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

पुन : एमाले सँग एकता गर्ने पक्षमा माओवादी केन्द्र


नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले फेरि पार्टी एकता हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनैतिक

स्थिरता कायम गर्नुपर्नेमा उनको जोड छ । उनले कानुन, विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्ति, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण विगतमा पार्टी एकता सफल हुन नसकेको समेत बताएका छन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र

आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागी राजनैतिक स्थिरता कायम गर्ने र राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्ने उद्देश्यमा केन्द्रित थियोे’, शर्माले सामाजिक सञ्जालमार्फत सोमबार राति लेखेका छन्- ‘लाखौं जनताले अनुमोदन गरेको एकता,त्याग र बलिदान बाट प्राप्त उपलब्धि

जनअधिकार,कानुन,विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्तिका कारण, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण सफल हुन सकेन ।’
उनले फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तरता दिनुपर्ने उनको जोड छ ।

‘फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तर उठाउने कुराको महत्त्व यस घटनाबाट किमार्थ कम हुन सक्दैन’ शर्माले भनेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार