• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई सहयोग गर्न सक्दिन : माधवकुमार नेपाल


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा
बादललाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । यसअघि थापाको सचिवालयले नेता नेपालले थापालाई चुनाव जिताउने प्रतिबद्धता जनाएको

भनेर प्रचार गरिएको भन्दै नेता नेपालको सचिवालयले त्यसको खण्डन गरेको छ । नेता नेपालको नीजि सचिवालयका सदस्य मोहन गौतमले थापा र नेता नेपालबीचको भेटवार्तामा थापाले सहयोग गर्न आग्रह गरेपनि नेपालले नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पारेको बताएका छन् । नेपालको जवाफपछि थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेका थिए ।

‘आज कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सी हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो’ नेता नेपालको सचिवालयले भनेको छ,

‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार