• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

रेम्डिसिभिरको उत्पादन अब नेपालमै, एक महिनाभित्रै बजारमा आउने


काठमाडौं । कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधिको नेपालमै उत्पादन सुरु हुने भएको छ।
यसको उत्पादनका लागि सफल परीक्षण समेत भइसकेको छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले उत्पादन प्रक्रिया सुरु

नै भइसकेको जानकारी दिए ।उनका अनुसार पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरले लाइसेन्स पाएको छ । लाइसेन्स पाएसँगै गरिएको परीक्षण समेत सफल भएपछि नेसनल हेल्थ केयरले उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने महासचिव अधिकारीले जानकारी दिए ।कोरोना संक्रमण बढेसँगै नेपालमा यसको माग उच्च छ । तर माग अनुसारको आपूर्तिमा भने सहज छैन । भारतबाट आयात हुँदै आएको रेम्डिसिभिर भारतमा नै संक्रमणको दर उच्च भएपछि निर्यातमा भारत सरकारले रोक लगाएको छ । भारतले निर्यातमा रोक लगाएपछि अहिले बंगलादेशबाट आयात हुने गरेको महासचिव अधिकारीले बताए ।

तर, आयातले समेत नधान्ने अवस्था सिर्जना भएको छ । बजारमा प्रसस्तै नभेटिदा यसको कालोबजारी बढ्दै गएको छ । बुधबारमात्रै पनि रेम्डिसिभिर कालोबजारी गरेको अभियोगमा एक जना कारागार चलान भएका छन् ।कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐनअनुसार सेवक फार्मेसीका सञ्चालक रसिक मिया बुधबार पुर्पक्षका जेल चलान भएका हुन् । नेपाल प्रहरीको अपराध महाशाखाले २३ वैशाखमा उनलाई बसुन्धारा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीमाथि ६ थान रेम्डिसिभिर औषधि ३० हजार पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोप लागेको थियो ।

नेपालमा यसको उत्पादन भएपछि कालोबजारीको समस्या पनि नहुने महासचिव अधिकारी बताउँछन् । उनका अनुसार यसको उत्पादनका लागि अन्य औषधि उत्पादक कम्पनीहरु पनि लाइसेन्सको पर्खाईमा रहेका छन् ।अहिले सरकारले रेम्डिसिभिरको मूल्य प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने गरी मूल्य तोकेको छ । कोभिड-१९ को उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले लयएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आˆनो परिचय पत्रको प्रमाणसहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सको पि्रस्त्रिmप्सन लिएर जानुपर्ने छ ।औषधि व्यवस्था विभागका अनुसार आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले वैशाख २१ गते बंगलादेशबाट ३००० भाइल रेम्डिसिभिर आयात गरेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार