• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं मा कार्यरत डीएसपी राज कुमार केसीको कोरोना संक्रमण बाट निधन भएको छ।
बिहीबार बिहान नेपाल प्रहरी अस्पताल मा उपचार को क्रम मा उनको निधन भए को नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनी

कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।
विजयपुर अस्पतालमा कोभिड उपचारका लागि १० बेड तयार

सुनसरीको धरानमा सञ्चालनमा रहेको एक सय बेडको विजयपुर अस्पतालमा कोभिडको उपचारका लागि १० बेड छुट्याइएको छ। सरकारले देशभरका सबै अस्पताललाई कोभिड बेड सञ्चालन गर्न निर्देशन दिएसँगै विजयपुर अस्पतालले बेड तयार गरेको हो।

कोभिड अस्पतालमा चाहिने आवश्यक सामग्रीको व्यवस्थापन पुरा गरी बुधवारदेखि कोभिड अस्पताल सञ्चालन गरिएको विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाले जानकारी दिए। उनले बिरामीको आवश्यकता अनुसार विस्तारै २० बेडसम्म विस्तार गर्न सकिने बताए। विजयपुर अस्पतालले कोभिड अस्पताल संचालनमा ल्याएसँगै कोराना संक्रमित बिरामीलाई भर्ना गरी उपचार सुरु गरिएको छ। संक्रमितको उपचारका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको डिउटी तालिका तयार गरी परिचालन गरिएको निर्देशक खतिवडाले बताए।

धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र कोभिड अस्पताल सञ्चालनमा थियो। विजयपुर अपतालमा पुनः अर्को कोभिड अस्पताल संचालन भएसँगै धरानवासीलाई उपचारका लागि विराटनगर जाने बाध्यता कम हुने भएको छ।

अक्सिजन बेडसहित सञ्चालनमा ल्याइएको कोभिड अस्पतालमा भर्ना भएका बिरामीहरुलाई एचडीयू बेड, आईसीयू बेड र भेण्टिलेटर बेडको पनि सुविधा प्रदान गरिने छ। धरानका मेयर तिलक राईले विजयपुर अस्पतालले कोभिड उपचार सुरु भएसँगै धरानवासीलाई धेरै राहत मिलेको बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार