• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

तिब्बत सरकारले नेपाल लाई भेन्टिलेटर, अक्सिजन सिलन्डिर, आइसियु बेड र खोप पठाउँदै


चीनको तिब्बत स्वशा-सित क्षेत्र सरकार ले कोभिड १९ को नियन्त्रण तथा उपचार का लागि नेपाल लाई ३० हजार लिटर तरल
अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोग घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विटरमार्फत् बिहीबार यो जानकारी

दिएकी हुन् । तिब्बत जनसरकारका प्रतिनिधिले बिहीबार ल्हासामा नेपाली अधिकारीहरुलाई खोप हस्तान्तरण गरेका छन् । चिनियाँ दूताबासका एक अधिकारीका अनुसार ल्हासाबाट सामग्री नेपालतर्फ प्रस्थान गरिसकेको छ भने शनिबार तानोपानीस्थित नेपाली सीमामा आइपुग्दैछ । राजदूत यान्छीका अनुसार तिब्बतले तरल अक्सिजनका साथै भरिएको ८ सय अक्सिजन सिलन्डिर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ५ वटा भेन्टिलेटर सहयोग गर्दैछ । यसैगरि २ सय आइसियु बेड र १५ हजार एन्टिजेन किट्स पनि तिब्बतले पठाउने भएको छ ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालका अनुसार पहिलो चरणमा १५० वटा लिक्विड अक्सिजन सिलिन्डर ल्हासाबाट खासातर्फ हिँडेको छ । यसबाट ४० केजी क्षमताका ६ हजार सिलन्डिर भर्न सकिने ढकालले जानकारी दिए । तिब्बत सरकारले स्थलमार्गबाट नेपाल जाने कोभिड १० को नियन्त्रणसँग सम्बन्धित कार्गो बिना रोकावट नेपाल पठाउन सहयोग गर्ने वचन दिएको छ । ‘महावाणिज्य दूताबास कार्गो आवतजावतको निरन्तर अनुगमन गरिरहेको छ र तिब्बत सरकारका सम्बन्धित अधिकारीहरुसँग सघन सम्पर्कमा छ’ महावाणिज्यदूत ढकालले भनेका छन् ।

चीनको सान सिको एक कम्पनीले ३० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सिल्क ट्रान्सपोर्टले निशुल्करुपमा ल्हासाबाट शुक्रबार काठमाडौं ल्याउने पनि ढकालले जानकारी दिएका छन् । तिब्बतकै गुडविल फाउण्डेशनले आगामी साता ५० वटा अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरेको छ । महावाणिज्यदूत ढकालका अनुसार निजि क्षेत्रबाट कोभिड नियन्त्रणसँग सम्बन्धित सामग्री बोकेका २२ वटा गाडी तातोपानी भन्सार पुग्ने क्रममा छन् । अक्सिजन सिलन्डिर, कन्सन्ट्रेटर बोकेका १५ गाडी सामान खासा पुगेका छन् ।

एभरेष्ट ग्यासका ४ हजार ५ सय खाली सिलन्डिर अक्सिजन भर्नका लागि यही साता तिब्बत पुग्दैछन् । नेपाललाई चीनबाट पहिलोपटक तरल अक्सिजन सहायतामा आएको हो । यसअघि चीनको सिचुवान जनसरकारले चार्टर जहाजमा बुधवार स्वास्थय सामग्री पठाएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार