• २०८१ भाद्र २९ गते शनिवार
  • Preeti To Unicode

जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई, सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन


जनतासमाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली लाई सघाउने मनस्थिति बनाइसके को हुनाले सांसदहरुलाई काठमाडौं
छाडेर नजान निर्देशन दिएको छ।आज सिंहदरबार मा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षता मा बसेको संसदीय दलको बैठकले सो निर्देशन

दिएको हो। बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गरेका थिए । माओवादी केन्द्र र नेपाली काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नमान्ने र मधेशको माग पनि पुरा नगर्ने तर प्रधानमन्त्री अ‍ोलीले मधेशको माग पुरा गरिरहेको हुनाले उनैलाई समर्थन गर्नु उचित हुने नेता महतोको धारणा थियो । ‘

‘काँग्रेस–माओवादीले केही गर्न पनि नसक्ने, अरुले गर्दा त्यसको विरोध पनि गर्ने त्यो हुँदैन,’ महतोको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘जसले मधेशको माग पूरा गर्छ त्यसलाई हाम्रो समर्थन हुन्छ । त्यसका लागि तपाईंहरु पनि तयार रहनु होला, जतिखेर पनि तपाईंहरुलाई बोलाइन्छ ।’

महतोले भने, ‘सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री अ‍ोली नेतृत्वको सरकारलाई समर्थन गर्ने हो नभए तटस्थ बस्नुपर्छ । दुवै विकल्पमा जसपा जानसक्छ ।’सत्ता समीकरणका लागि जुनसुकै निर्णय गर्नुपर्दा अध्यक्ष ठाकुरले निर्णय लिन सक्ने गरी उनलाई जिम्मेवारी दिएको छ ।

सिंहदरबारमा ३ बजे फेरि बस्ने गरी टुंगियो विपक्षी गठबन्धनको बैठक
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ ।कांग्रेससहित शुक्रबार देउवा निवासमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरूको बैठक बसेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार