• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माधव नेपाल प्रधामन्त्री बन्दै …. आफुहरु ३५ संसद आफ्नो पक्षमा आउने दाबी


काठमाडौं : राष्ट्रपतिले प्रधानमन्त्री का लागि आह्वान गरेपछि विपक्षी गठबन्धन ले माधव नेपाल लाई अगाडि सार्ने तयारी गरेको छ।सिंहदरबारमा छलफललाई तीव्र पारेका विपक्षी दलले एमाले वरिष्ठ नेता नेपाललाई अगाडि सारेर ओलीलाई हटाउने तयारी थालेका हुन्। विपक्षी

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले खनाल–नेपाल समूह र जसपाको उपेन्द्र यादव समूह रहेको छ। यसरी गठबन्धनमा सहमति भए पर्याप्त बहुमत पुग्छ। संसदको २७५ मध्ये प्रधानमन्त्रीको लागि आवश्यक बहुमत पुग्न १३६ सिट भए पुग्छ। माओवादी केन्द्रको ४९, कांग्रेस ६१, जसपा उपेन्द्र यादव समूह १५ र माधव नेपाल समूहको २० देखि २८ जनासम्म सांसद हुँदा विपक्षी गठबन्धनमा पर्याप्त बहुमत पुग्छ। संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्री बनेका ओलीको सिफारिस बमोजिम राष्ट्रपति विद्या भण्डारीले ७६ (५) अनुसार नयाँ सरकार बनाउन बिहीबार २१ घन्टे म्याद दिएकी हुन्। उक्त म्याद शुक्रबार साँझ ५ बजे सकिँदै छ।

ओलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नै नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने बताइसकेका छन्। ओलीले आफूसँग १२१ संख्या रहेको भन्दै यस्तो दाबी गर्ने बताएका हुन्। यद्यपि यता खनाल–नेपाल समूहले विपक्षी गठबन्धनको तयारी गरेको हो।

बिहीबारको कदमलाई विपक्षीहरूले पनि राष्ट्रपति र प्रधानमन्त्री दुवै असंवैधानिक बाटोमा अघि बढेको चिन्ता व्यक्त गर्दै यसलाई नसच्चाएर मुलुकमा दुर्घटना हुने चेतावनी दिएका छन्। विपक्षी गठबन्धनले राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीसमेत गरेको छ।

माधव नेपाल स्वयम्ले भने प्रधानमन्त्रीका लागि आफू तयार नभएको बताएका छन्। कांग्रेस र माओवादीले नेपाललाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेपछि यो विषयमा नेता नेपालले आफ्नो समूहको छलफलमा छन्। नेपाल समूहको छलफल सिंहदरबारमा भर्खरै सकिएको छ। बैठक सकिए लगत्तै कांग्रेस, माओवादी र जसपासहितको बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार