• २०८१ असोज ८ गते मङ्गलवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ ज्येष्ठ ०८ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ जेठ ८ गते, शनिवार,२२ मे २०२१। वैशाख शुक्लपक्ष एकादशी तिथि। उत्तरफाल्गुनी नक्षत्र,१०ः१२ बजेदेखि हस्त। चन्द्रराशि–
कन्या। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०८ बजे र सूर्यास्त : साँझ ०६:३९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान

०५:१४ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पारिवारिक सुख पनि मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । घरायसी मनोरञ्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कहीँकतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक कार्यमा सफलता मिल्नेछ । प्रविधि मार्फत इष्टमित्रसँग भेटघाट होला । चिताएको कामले तीव्रता लिनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार