• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्री बन्नका लागि परेका दुवै दाबी राष्ट्रपतिद्वारा यसकारण गरियो खारेज


काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी ले प्रधानमन्त्री पदका लागि परेका दुवै दाबी खारेज गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा
ओली र विपक्षी गठबन्धनका शेरबहादुर देउवाद्वारा शुक्रबार एकैसाथ प्रधानमन्त्रीमा आफ्नो बहुमत छ भन्दै दाबी पेश भएको थियो ।तर विशेष

कारण देखाउँदै राष्ट्रपति भण्डारीले ती दुवै दाबी खारेज गरी मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीका लागि परेका दुवै दाबीमा पर्याप्त विश्वसनीय आधार नरहेकाे भन्दै खारेज गर्नुभएकाे हाे ।दुवैजनाले दाबी पेश गर्दा आफूलाई समर्थन छ भनिएका नामहरु दोहोरो परेका र ती पनि दलको निर्णयभन्दा बाहिर गएर समर्थन गरिएको देखिएको हुँदा दुवै दाबीमा पर्याप्त आधार नरहेको राष्ट्रपतिको ठहर छ ।शुक्रबार अपराह्न प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आफ्नो पक्षमा नेकपा एमालेका १२१ र जनता समाजवादीका ३२ गरी १५३ सांसद रहेकोले आफूलाई नै पुनः प्रधानमन्त्रीमा नियुक्ति गरीपाउँ भनी दाबी पेश भएको थियो । यसैगरी विपक्षी गठबन्धनका देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादीको उपेन्द्र—बाबुराम समूहका गरी कुल १४९ सांसदको समर्थन आफूलाई रहेको भनी प्रधानमन्त्रीका लागि दाबी पेश भएको थियो ।

तर राष्ट्रपतिले यी दुवै दाबीमा बहुमत र्पुयाउन सक्ने ठोस आधार नदेखिएको भन्दै दुवैजना प्रधानमन्त्री बन्न अयोग्य रहेको ठहर गर्नुभएको हो ।राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ- ‘संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’

यही उहाँले शुक्रबारकै मन्त्रिपरिषदकाे सिफारिस बमाेजिम मध्यरातमा प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गते दुइ चरणमा मध्यावधि निर्वाचन गर्ने घाेषणा गर्नुभएकाे छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार