• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

महन्थ र राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने जसपाको निर्णय, चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार कारवाही गरिने


जनतासमाजवादी पार्टी (जसपा) नेपालको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र
महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्र नाथ शुक्ल लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चित्तबुझ्दो जवाफ नआए पार्टी विधान अनुसार कारवाही

गरिने निर्णय पनि भएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।जसपा नेपालको कार्यकारिणी समितिको बैठक सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा बसेको थियो । जसपा नपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शुरु भएको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुको सहभागिता भने थिएन । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ३१ जना सदस्यको उपस्थिति रहेको थियो । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेका छन् ।

गत जेठ ४ गते अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए । तर शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । तर लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक

स्थगित नभएको र निर्धारित मितिमा नै बैठक हुने विज्ञप्ति जारी गरेका थिए ।

चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार कारवाही गरिने निर्णय पनि भएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए ।जसपा नेपालको कार्यकारिणी समितिको बैठक सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा बसेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार