• २०८१ असोज ८ गते मङ्गलवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ ज्येष्ठ ०९ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ जेठ ९ गते, आइतवार,२३ मे २०२१।वैशाख शुक्लपक्ष द्वादशी तिथि। हस्त नक्षत्र, ९ः०३ बजेदेखि चित्रा। चन्द्रराशि– कन्या,
२०ः२२ बजेदेखि तुला।इटहरी, सुनसरी,नेपालमा सूर्योदय :बिहान ०५:०८ बजे र सूर्यास्त : साँझ ०६:३९ बजे, काठमाण्डौं,नेपालमा सूर्योदय:

बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त र साथीबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले पनि सताउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । पेशा र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रभावले विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ , तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भइएला । बौद्धिकताको विकास पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर पारिवारिक जीवनमा मतभेद सिर्जना हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्ला, तर भ्रमका पछि दौडनु राम्रो होइन ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार