• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु : डा. देवकोटा


काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटा ले चुनावबाट पछि हट्न आफू लाई कसैले फकाएको र कसैले थर्काएको
बताएका छन् । केहीको आवाजको रेकर्ड नै राखेको बताउँदै उनले आवश्यक परेमा नाम पनि भन्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमा देवकोटाले लेखेका छन्, ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए÷थर्काए, समयक्रममा आवश्यक परेमा नाम भन्दै गरौंला । कसैकसैको त भ्वाइस रेकर्ड नै राखेको छु ।’आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै उनले तर आफू अडिग रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पूरा गर्नुपर्दछ ।’

देवकोटा राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादी, एमाले (माधव नेपाल समूह) र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवार बनेका थिए । उनले एमालेको आधिकारिक उम्मेदवार गृहमन्त्री थापालाई १ हजार ७४ मतले पराजित गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार