• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

केपी ओली पार्टीको वैधानिक अध्यक्ष हैनन् ! हामी स्पष्टीकरणको जवाफ दिदैनौ – भीम रावल


नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली पार्टीको वैधानिक अध्यक्ष नभएकाले आफूहरूलाई सोधेको स्पष्टीकरणको
जवाफ नदिने बताएका छन् । कुरा कानी गर्दै नेता रावलले ओली ले पर्टीभित्र हैकम वाद चलाएको भन्दै आफूहरूले त्यसको विरोध गर्ने बताए।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठकले स्पष्टीकरण नदिने निर्णय गरेको हो।’अदालतको फैसलापछि एमाले २०७५ जेठ २ मा फर्किनु पर्ने थियो। तर उहाँले बालुवाटारमा बसेर मनपरी निर्णय गर्नुभयो। पार्टी सदस्य नभएकालाई पार्टी कमिटीमा राख्नुभयो,’ उनले भने,’हाम्रो जिम्मेवारी खोस्नुभयो। आफूखुसी स्पष्टीकरण सोध्न थाल्नुभयो। उहाँ स्वंयले वैधानिकता गुमाइसक्नुभएको छ। त्यसैले हामीले जवाफ दिइरहन जरूरी छैन।’नवौं महाधिवेशनको कमिटीले स्पष्टीकरण सोध्न सक्ने भए पनि प्रधानमन्त्री ओलीका तजबिजमा बनेका कमिटीले सोध्न नसक्ने रावलको भनाइ छ।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल,भीम रावलसहित ११ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए।पार्टी विधान र लोकतन्त्र विरोधी काम गरेकाले जनताले नै ओलीलाई स्पष्टीकरण सोध्ने रावलको चेतावनी छ।पार्टी एकताका लागि बनेको कार्यदलको समेत औचित्य सकिँदै गएको उनको बुझाइ छ। रावल वरिष्ठ नेता नेपालका तर्फबाट कार्यदल संयोजक हुन्।’हामीले पार्टी एकताका लागि धेरै प्रयास गरेको हो। तर उहाँले कहिल्यै पनि गम्भीरता देखाउनु भएन। कार्यदलको पहिलो बैठक सकारात्मक भए पनि त्यसपछि हुन सकेको छैन,’

उनले भने,’विश्वासको मत लिने बेलामा हामीसँग छलफल भएन। धारा ७६ को ५ अन्तर्गत सरकार बनाउने बेलामा पनि हामीलाई थाहा दिनुभएन। असंवैधानिक तरिकाले अघि बढ्नु भयो।’

आफूहरूले जेठ २ मा फर्किनु पर्ने अडान कायमै राखेको भन्दै उनले अब यतिले मात्रै नपुग्ने बताए।ओलीले आफूले गरेका गलत काम सच्याउनु पर्ने र आत्मालोचना गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार