• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

निष्काशनमा परेपछि रामकुमारी झाँक्रीले लेखिन् – ‘बगाएर लाने भो माया तिमीलाई बालै फरर…’


एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन् । उनले कारबाहीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो

माया तिमीलाई बालै फरर…’ सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनीसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । झाँक्रीले एमाले अध्यक्ष ओलीको चर्को विरोध गर्दै आएकी छिन् । कारबाहीपछिको उनको पोस्टमा एमालेको विवादलाई जोडेर विभिन्न प्रतिक्रिया आएका छन् ।

पार्टी सदस्यबाट निष्कासन केपी गुटको फुटवाद कै निरन्तरता : भीम रावल
पार्टी सदस्यबाट निष्कासनमा परेका एमाले नेता भीम रावलले अध्यक्ष केपी ओलीको कदम फुटवादको निरन्तरता भएको जिकिर गरेका छन् । केपी गुटले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गर्नु हास्यास्पद भएको उनको भनाइ छ ।

नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपालसहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।

यसबारे प्रतिक्रिया दिँदै रावलले लेखेका छन्, पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार