• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

महन्थले सोधे उपेन्द्रलाई स्पष्टीकरण : ३ दिनभित्र जवाफ नपठाए कारबाही


काठमाडौं । जनता समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुर ले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन्।पछिल्लो
राजनीतिक घटनाक्रम बाट स्पष्ट दुई कित्तामा उभिएको जसपा का अध्यक्ष ठाकुर ले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादव लाई

अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् । मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वाेच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषयमा प्रश्न सोधिएको छ ।जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक महन्थ पक्षले जेठ ७ मा स्थगित भएको सूचना जारी गरेको थियो । तर सोही दिन उपेन्द्र पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर एकल अध्यक्षता गरी निर्णयहरु समेत गरेका थिए ।

यो विषयमा पनि यादवसँग स्पष्टीकरण सोधिएको छ ।पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।

७ बुँदे स्पष्टीकरण यस्तो छ :

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार