• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

नेकपा एकीकृत : पार्टी एकता गर्दै प्रचण्ड र माधव नेपाल


काठमाडौं। मंसिरमा चुनाव होस् या नहोस् प्रचण्ड र माधव नेपाल मिलेर नयाँ कम्युनिस्ट शक्ति निर्माण को पूर्वतयारी भइसकेको छ
उनीहरु ले वैशाखमै यो योजना लाई तयारी अवस्थामा राखेका थिए । सबै कुरा नेकपा विभाजन हुँदा नै मिलेको थियो ।विकसित घटनाक्रमसँगै

पूर्वयोजनाको दृश्य देखिन मात्र बाँकी हो ।प्रचण्डले विघटन गरेको भनिसकेको माओवादी केन्द्र ब्युँतिएको छ । यसमा उनलाई चित्त बुझेकै छैन ।अदालतप्रति बेला बेलामा असन्तुष्टि जनाउने गरेका छन् । माधव नेपाललाई पनि एमाले ब्युँतिएको चित्त बुझेको छैन ।उनले पनि यसप्रति असन्तुष्टि पोख्दै आएका छन् ।नेकपा छँदा ओलीसँग मिलेर संघर्ष गरेका प्रचण्ड र नेपालले मिलेर ओलीलाई पार्टीबाट निष्काशन गरेको निर्णय सम्म गरेका थिए ।तर, २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको आदेशले नयाँ घटना विकास गरेको थियो ।नेपाल एमालेमै बसेर संघर्ष गर्ने निष्कर्षमा पुगे । एमालेमा त पुगे तर उनको निरन्तर शक्ति क्षय भयो ।

ओलीको पेलाईमा परेर नेपालले गर या मरको अवस्थामा पुगेको सम्म भने ।त्यसपछि उनीनिकट सांसदहरुको विद्रोह सुरु भयो । ओलीलाई तल्लो तहदेखि माथिल्लो तहसम्म धक्का दिन थाले ।ओली सरकार ढाल्न नेपाल अघि सरे । २६ सांसद लिएर अघि सरेका उनको साथमा अन्तिममा २३ मात्र बाँकी रहे ।नेपालमाथि ओलीले कारबाहीको डन्डा चलाए ।१० जेठमा स्थायी कमिटी बैठक डाकेर माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जना नेतालाई पार्टीबाट निष्काशनको निर्णय भयो ।

१२ जनामाथि कारबाहीको प्रक्रिया बढाइएको छ ।११ जेठमा माधव नेपालले कम्युनिस्ट पार्टी पुर्नजागरणको अपिल गरे । उनले गोलबन्द हुन समेत भने ।
नेपालले वृहत कम्युनिस्ट पार्टी गठनको संकेत गरेका छन् । त्यसको अग्रिम तयारी भइसकेको छ ।एकीकृत कम्युनिस्ट पार्टी निर्माण गरी ऋषि कट्टेल अध्यक्ष रहेर दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टी नै राख्ने पहल पनि भएको छ ।कट्टेल मान्ने सम्भावना कम भएकाले विकल्प समेत तयार छ । कलम चिन्ह मागेर नेकपा एकीकृत दर्ताका लागि निवेदन दिइएको छ ।निर्वाचन आयोगमा निवेदन दिइएको दल दर्ता प्रक्रियामा छ ।दर्तामा अगाडि बढ्नेहरु नेपाल निकट हुन् ।

विश्वस्त स्रोतका अनुसार कलम चिन्ह र नेकपा एकीकृत नामको नयाँ दल गठन गरेर नेपाल अगाडि बढ्ने तयारी भएको छ ।प्रचण्ड पनि सोही दलमा गोलबन्द हुने योजना बनेको छ । चुनाव भएपनि नभएपनि नेकपा एकीकृतमा प्रचण्ड र माधव नेपालको अध्यक्षतामा रहने गरी तयारी भएको छ ।चुनावमा प्रचण्ड, माधव नेपालका अलावा नेकपा माले, राष्ट्रिय जनमोर्चालगायत कम्युनिस्ट पार्टीहरुबीच गठबन्धन बन्ने रणनीति समेत अहिले देखिनै बनाइएको विश्वस्त स्रोतले बताएको छ ।उनीहरु जसरी हुन्छ ओलीलाई एक्लाउने रणनीतिका साथ बढेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार