• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आदर्श मिश्रको दावीपछि अस्पतालले दियो प्रतिक्रिया ! यस्तो रहेछ वास्तबिकता हेर्नुस


वीरगंज :स्ट्यान्डअप कमेडियन आदर्श मिश्रको बुवाको मृत्युलाई लिएर उनले वीरगंजका दुई अस्पतालमाथि गम्भीर आरोप लगाएपछि
नारायणी अस्पतालले दुई वटा डायलासिस मेसिन कोभिड १९ का लागि छुट्याउने भएको छ।साथै,नारायणी अस्पतालका चिकित्सकहरुले आदर्शको

बुवा विनोदको उपचारमा कुनै कमजोरी नभएको स्पष्टीकरण दिएका छन्। अस्पतालका निमित्त मेसु डा उदयनारायण सिंहले यस विषयलाई लिएर चिकित्सकहरुको टोली छलफलमा जुटेको बताए। अगामी दिनमा कम्तिमा दुई वटा डायलासिस कोभिड १९ मिर्गौला पीडितका उपलब्ध गराउने तयारी भएको उनले जानकारी दिए।’आदर्शको बुवाको क्रिटिकल अवस्था थियो। युरिया बढेर मष्तिस्कमा पुगेको थियो। मल्टी अर्गन डिस्फङ्सनको अवस्थामा पुगेका थिए। त्यसमा उनी कोभिड बिरामी थिए,’ उनले भने, ‘अस्पतालमा डायालासिस गरेर अस्पतामै भर्ना गर्नुपर्नेमा घर लगियो। पछि चितवन लगेपछि अवस्थ बिग्रेको हो।’ डायालासिस ४ घण्टा गर्नुपर्नेमा ३ घण्टामा कटौती गरेपछि अवस्था बिग्रेको आदर्शले आरोप लगाएका थिए।

त्यस दिन दुईवटा मेसिनमध्ये एउटालेमात्र काम गरेको अस्पतालले स्वीकार गरेको छ। ‘चार जनाको डायालासिस गरेपछि थप दुई जनाको आकास्मिक डायालासिस गर्नुपर्ने अवस्था आएको थियो। आकास्मिक डायालासिस २ घण्टामै गर्ने चलन छ,’ डा सिंहले भने, ‘तर, उनको बुवाको ३ घण्टा समय व्यवस्थापन मिलाएर गरियो। नर्स र डाक्टरबाट यसलाई लापारवाही मानिँदैन, मृत्युको कारण अन्य छ।’

पढ्नुस् :
बाबु गुमाएपछि आदर्श मिश्रको केपी ओलीलाई चुनौती : मेरो बाबाले चलाएको स्कुल हेर र तिमीले चलाएको देश
हिजो आदर्शले भिडियो जारी गर्दै नेशनल मेडिकल कलेज र नारायणी अस्पतालका कारण उनको बुवाको मृत्यु भएको दावी गरेका थिए।
नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले ‘सानो कुरालाई ठूलो अफवाह बनाएर अस्पताल तथा व्यक्तिगत मानमर्दन गरिएको प्रतिक्रिया दिएका छन्।

‘मृत्यु भयो चितवनको अस्पतालमा। गाली हामीले खानु परेको छ। चार वर्षदेखि डायालासिस गर्दै आउँदा नेशनल मेडिकल कलेज खराब भएन। तर, आज विपदको बेला हामीले खराब भयौं,’ बसरुद्दिनले भने, ‘म महान गुण्डा भएँ। अस्पताल घटिया भयो।’
उनले डाइलुजरको विषयमा भारतीय कम्पनी नेफ्रोप्लससँग दुई वर्षको सम्झौता रहेको स्वीकार गरे। तर, गडबडी वा रकमी चलखेल भएको अस्वीकार गरे।

‘भारतको ठूलो कम्पनी हो, नेफ्रोप्लस, उसैको चिकित्सक, प्रविधि तथा केमिकल प्रयोग गर्छौ,’ उनले भने। कसको डायालासिस गर्ने र नगर्ने अधिकार अस्पताल व्यस्थापनसँग हुने बताउँदै उनले रगत सफा गर्ने फिल्टर हो डाइलुजर खराब भयो भने मेशिनले सिग्नल दिने तर डायालासिस नहुने बताए।’आदर्शको बुवा बितेको प्रति हामीलाई खेद छ। उनी अहिले भावुक छन्। जे पनि बोल्ने स्वतन्त्रता छ,’ उनले भने।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार